एजेन्सी / श्रीलङ्कामा संकटकाल हटाइएको छ । श्रीलङ्कामा बिग्रिएको आर्थिक स्थितिबीच राष्ट्रपति गोटबाया राजपक्षेले मंगलबार मध्यरातदेखि देशभर लगाएको संकटकाल हटाएको छ ।

उनले गत अप्रिल १ तारिखदेखि देशमा संकटकाल लगाएका थिए । मंगलबार बेलुकी हजारौं विद्यार्थीहरुले राजधानी कोलम्बोमा भारी वर्षाबीच प्रधानमन्त्री महिन्द राजपक्षेको घरमा मार्च निकालेका थिए ।

लगातर गिर्दो आर्थिक सङ्कटबीच श्रीलंकाभर चीनको विरोधमा प्रदर्शन भएको छ । श्रीलङ्काका मिडियाहरूका अनुसार प्रदर्शनकारीहरूले सरकारले सबै चीनलाई बेचेकाले केही पनि नबचेको बताएका छन् ।

चीनले दोस्रो देशलाई उधारो दिएर सबै खरिद गर्दै आएको आरोप श्रीलंकाली जनताले लगाएका छन् ।