एजेन्सी / इजरायलको सत्तारूढ गठबन्धनकी अध्यक्ष इडिट सिलम्यानले पदबाट राजीनामा दिएपछि सरकार अल्पमतमा परेको छ ।

इजरायली संसद् नेसेटमा नेफ्ताली बेनेटको सरकार जम्मा एक मतको झिनो अन्तरले बहुमतमा छ । स्वास्थ्यमन्त्री नित्जान होरोविजले यहुदीहरूको पवित्र चाड पासओभरमा शुद्ध खाना (कोशर) अस्पतालमा ल्याउन अनिवार्य नरहेको भनी निर्देशन दिएपछि आक्रोशित भएर सिलम्यानले राजीनामा दिएकी हुन् ।

OM Sai Pathibhara Hospital

सिलम्यानले राजीनामा दिएपछि सत्तारूढ गठबन्धनसँग जम्मा ६० सांसद छन् र उसको बहुमत गुमेको छ । यस राजीनामाले प्रधानमन्त्री नेफ्ताली बेनेटलाई आश्चर्यमा पारेको छ । उनले सिलम्यानलाई फोनमा सम्पर्क गर्न समेत पाएनन् ।