एजेन्सी / चीनमा कोरोना संक्रमण पुनः फैलिएको छ । चीनका २७ वटा प्रान्तमा एक साथ फैलिएको ओमिक्रोन भेरिएन्टबाट एकै दिन १६ हजार ४ सय १२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा संघाई शहरमा मात्रै एकैदिन ८ हजार ५ सय ८१ जना संक्रमित भएका छन् ।

संघाइमा कोरोना नियन्त्रणका लागि आंशिक रुपमा लकडाउन घोषणा गरिंदा पनि सङ्क्रमितको संख्या नघटेको बताइएको छ । सरकारले १ करोड भन्दा बढी नागरिकको कोरोना जाँच गर्न निर्देशन दिएको छ । साथै अनावश्यक रुपमा घर बाहिर ननिस्कन र सावधानी अपनाउन पनि अपिल गरिएको छ ।

OM Sai Pathibhara Hospital

चीनमा ओमिक्रोन भेरियन्ट ढिला गरी फैलिन थालेको हो । कोरोना नियन्त्रणका लागि चीन सरकारले थप कदम चाल्ने तयारी गरेको अधिकारीहरूले जनाएका छन् ।