संघाइमा कोरोना नियन्त्रणका लागि आंशिक रुपमा लकडाउन घोषणा गरिंदा पनि सङ्क्रमितको संख्या नघटेको बताइएको छ । सरकारले १ करोड भन्दा बढी नागरिकको कोरोना जाँच गर्न निर्देशन दिएको छ । साथै अनावश्यक रुपमा घर बाहिर ननिस्कन र सावधानी अपनाउन पनि अपिल गरिएको छ ।
चीनमा ओमिक्रोन भेरियन्ट ढिला गरी फैलिन थालेको हो । कोरोना नियन्त्रणका लागि चीन सरकारले थप कदम चाल्ने तयारी गरेको अधिकारीहरूले जनाएका छन् ।






































