एजेन्सी / जर्मनीले ४० रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश दिएको छ । बर्लिनले ठूलो सङ्ख्याका रुसी राजदूतावासका अधिकारीले प्रत्येक दिन जर्मनीको स्वतन्त्रता विरुद्धमा काम गरिहेको आरोप लगाएको छ । 

रुसीले जर्मनहरूको ऐक्यबद्धताको विरोधमा काम गरिरहेको समेत बर्लिनले आरोप लगाएको छ । विदेश मन्त्री अन्नालेना बेयरबकले आफूहरूले लामो समयसम्म यो सहन गर्न नसक्ने पनि बताएकी छिन् ।

यदि कुटनीतिज्ञहरूलाई अनिच्छित  व्यक्तिको रुपमा हेर्ने हो भने यसको अर्थ उनीहरूलाई हटाउनु भन्ने लाग्छ । यो निर्णय रुसी राजदूत सर्गेइ नेट्स्चायेभलाई पनि जानकारी गराइसकिएको बेयरबकले भनेकी छिन् ।
 
यी व्यक्तिहरूलाई देश छोड्नका लागि पाँच दिनको समयसीमा तोकिएको छ । स्थानीय सञ्चार माध्यमहरूका अनुसार रुसी विदेश सेवाका कर्मचारीहरूमाथि मस्कोलाई जासुसीको काम गरिरहेको आशंका गरिएको छ ।
 
‘बुचाको अवस्थाले रुसी नेतृत्वको क्रूरतापूर्ण अवस्था र प्रोपोगान्डा पछ्याउनेहरुको चित्रण गरेको छ,’ उक्त निर्णय सुनाउँदाको समयमा बेयरबकले भनेकी छन् ।

OM Sai Pathibhara Hospital

उनको घोषणामा समर्थन गर्नका लागि उनले कुनै प्रमाणको प्रस्ताव गरेकी छैनन् । बुचाबाट रुसी सेनाको फिर्तापछि किभको बस्तीमा सयौँ सर्वसाधारणको हत्या गरिएको पाइएको थियो ।

युक्रेनले आम हत्याका लागि रुसी सेनामाथि आरोप लगाएको छ । रुसी सेनाहरू यो सानो बस्तीमा केही समयका लागि बसेको थिए । पश्चिमा राजनीतिज्ञहरू यो विषयमा युक्रेनको पक्षमा उभिए पनि पेन्टागनले यो दावीलाई समर्थन गर्ने कुनै निष्पक्ष प्रमाण भने फेला नपरेको बताएको छ ।द् बैठकले प्रदेश योजना आयोगको अध्यक्षमा डा. पूर्ण लक्समलाई नियुक्त गरेको छ । उनी माओवादी केन्द्र निकट अर्थविद हुन् ।