एजेन्सी / इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । त्यहाँको अदालतले इस्लामिक विद्यालयका १३ बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार बाडुङ्गमा स्थित अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर पीडित पक्षले अदालतको कदमको विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो । त्यसपछि सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरूलाई बलात्कार गरेको र आठ जना गर्भवती बनाएको अदालतले ठहर गरेको छ । अदालतले शिक्षक ‘हेरी विरावन’को घटनाले इन्डोनेसियालाई स्तब्ध बनाएको भन्दै देशको धार्मिक स्कुलमा बालबालिकालाई यौन हिंसाबाट जोगाउनुपर्ने आवश्यकतामाथि प्रकाश पारेको छ ।