एजेन्सी / श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ । आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन् ।

श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए । तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन् ।

OM Sai Pathibhara Hospital

श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको बताइएको छ । यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६५० भन्दा बढी जनालाई पक्राउ गरिएको थियो । आर्थिक मन्दीको विरोधमा उनीहरूले कर्फ्यु तोडेर सरकारविरुद्ध र्‍याली निकालेका थिए । यसैबीच श्रीलंकामा सामाजिक सञ्जाल प्लेटफर्महरू पनि प्रतिबन्धित छन् ।