बिर्तामोड / रुस–युक्रेन युद्धको समयमा रुस भ्रमण गरेको र रुसको पक्षमा लागेको भनेर अमेरिका सहित पश्चिमा मुलुकको दवाव झेलिरहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटनको सिफारिस गरेका छन् ।

अमेरिका  र पश्चिमा मुलुकको सहयोगमा सत्ताच्यूतको प्रयास भएको सार्वजनिक रुपमा बताईरहेका उनले विपक्षीले विश्वासको मत लिन दिइरहेको दवाव पन्छाउँदै संसद विघटन गर्ने निर्णय गरेका हुन् ।

आजै आइतबार संसदमा विश्वासको मत लिने कार्यसूची रहेको थियो तर उनले देशवासीका नाममा संवोधन गर्दै सरकार बनाउने र हटाउने अधिकार पाकिस्तानका जनतालाई भएको भन्दै संसद विघटनको निर्णय सुनाउँदै भावी निर्वाचनमा जुट्न सबैमा आव्हान गरेका हुन् ।

प्रधानमन्त्री खानले संसद विघटनका लागि राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खान विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरिले खारेज गरेका थिए ।

अविश्वासको प्रस्तावलाई संसद्ले खारेज गरे लगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै इमरानले जनतालाई चुनावको तयारीमा लाग्न आव्हान गरेका हुन् ।