एजेन्सी  / नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास आज २०७८ चेत २० गते आइतबारबाट नेपालमा सुरु भएको छ । 

नेपाली सेनाको स्पेसल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेसल अप्रेसन्स कमान्डका सदस्यहरू एक महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन् ।

OM Sai Pathibhara Hospital

‘आज अर्थात् ३ अप्रिलदेखि नेपाली सेनाको स्पेसल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेसल अप्रेसन्स कमान्डका सदस्यहरू संयुक्त रूपमा एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरिक हुनेछन्,’ काठमाडौँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्विटर मार्फत भनेको छ । 

विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा नेपाली र अमेरिकी सेनाले गएको बिस वर्षदेखि दुई देशबीचको सुरक्षा सहकार्य थप मजबुत बनाउन बनाउन निरन्तर साझेदारी गर्दै आएको अमेरिकी दूतावासले जनाएको छ । 

unnamed

image

image (1)