एजेन्सी / अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी रणनीतिक तेल भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन ।

इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरुप बाइडनले दैनिक १० लाख ब्यारेलको दरले तेल निकाल्न र ६ महिनामा १८ करोड ब्यारेलसम्म तेल निकाल्न आदेश दिएकाका हुन् ।

उक्त मात्रा सन् १९७४ मा रणनीतिक तेल भण्डार खडा गरिसकेपछि सबैभन्दा बढी भएको बताइएको छ । युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कट टार्न अमेरिकाले आफ्नो भण्डारणबाट तेल निकाल्न लागेको हो ।

दैनिक १० लाख ब्यारेल जति तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने भन्दै विज्ञहरूले रुसबाट निर्यात हुने इन्धनको अभाव यसले टार्न नसक्ने बताएका छन् ।