एजेन्सी / रुसले युक्रेनको युद्धग्रस्त दक्षिणी शहर मारियोपोलमा युद्ध विराम घोषणा गरेको छ ।

युद्धले क्षतविक्षत अवस्थामा रहेको शहरमा फसेका सर्वसाधारणको उद्धारका लागि भन्दै रुसले युद्धविराम घोषणा गरेको हो । साथै रुसले मारियोपोलबाट सर्वसाधारणको उद्धार तथा पुनर्स्थापना गर्न राष्ट्रसंघ र रेडक्रसलाई आग्रह समेत गरेको छ ।

उक्त शहरमा मात्रै ५ हजार सर्वसाधारणको ज्यान गएको अनुमान छ भने हजारौं त्यहाँबाट भागेका छन् ।

दक्षिणी बन्दरगाह शहर भएकाले रुसले सुरुदेखि नै उक्त शहरलाई लक्षित गरी आक्रमण तीब्र बनाएको थियो । रुसले मारियोपोल शहरले घुँडा नटेकेसम्म त्यहाँबाट नहट्ने बताइसकेको छ भने युक्रेनले त्यसो नगर्ने दृढता व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले रुसी सेनाले युक्रेन युद्धबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई गलत सूचना दिएको दाबी गरेको छ ।