बिर्तामोड /  प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आज बुधबारदेखि श्रीलङ्काको राजधानी कोलम्बोमा सुरु हुँदैछ ।

सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट भर्चुअल सम्बोधन गर्न गरेका हुन् । बिमस्टेक सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री डा. नारायण खड्का मंगलबार कोलम्बो पुगिसकेका छन् । सदस्य राष्ट्रका विदेशमन्त्रीहरू तथा अधिकारीहरू सहभागी सम्मेलनको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति गोटवाया राजापाक्षेले गर्ने छन् ।

आयोजक बाहेक अन्य सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरूले भने सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने तय भएको छ । बिमस्टेकको चौथो शिखर सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो ।