बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आज बुधबारदेखि श्रीलङ्काको राजधानी कोलम्बोमा सुरु हुँदैछ ।
सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् ।
आयोजक बाहेक अन्य सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरूले भने सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने तय भएको छ । बिमस्टेकको चौथो शिखर सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो ।






































