काठमाडौँ  / तालिबानले अफगानिस्तानमा महिलाहरूलाई एक्लै जहाजमा यात्रा गर्न रोक लगाउने नयाँ नियम बनाएको  छ । 

पुरुषबिना एक्लै यात्रा गर्ने सम्पूर्ण महिलालाई उडानबाट रोक्न अफगानिस्तानस्थित काबुल एयरलाइन्सलाई आदेश दिएको उड्डयन अधिकारीहरूले बताएका छन् ।  तालिबानले पहिले नै एउटा सहरबाट अर्को सहरमा यात्रा गर्न महिलाहरूलाई प्रतिबन्ध लगाएको थियो भने , अहिले उडानमा पनि रोक लगाएको छ ।  
आइतबारबाट नै एक्लै यात्रा गरिरहेका महिलाहरूलाई बोर्डिङ पास दिन रोक्न एयरलाइन्सका दुई अधिकारीहरूले बताए । 

OM Sai Pathibhara Hospital

गत बिहीबार तालिबानी प्रतिनिधि, दुई एयरलाइन्स र अध्यागमन अधिकारीहरूबीच छलफल भएको र सो निर्णय लागू गरिएको अधिकारीहरूको भनाई रहेको छ । नियम लागू भए पनि मन्त्रालयले यो नियमलाई  आधिकारिक जानकारी भने दिएको छैन ।