एजेन्सी / पूर्वी युक्रेनमा रहेको लुहान्स्क जनगणतन्त्रले रुसमा गाभिनका लागि जनमतसंग्रह गर्न सक्ने त्यहाँका स्थानीय नेता लियोनिड पासेच्निकले बताएका छन् । 

लुहान्स्कलाई रुसले स्वतन्त्र मुलुकको मान्यता दिइसकेको छ । 

OM Sai Pathibhara Hospital

‘निकट भविष्यमा गणतन्त्रको भूभागमा एक जनमतसंग्रह गरिनेछ जस्तो लाग्छ,’ पासेच्निकले बताए । ‘जनताले संवैधानिक अधिकार उपयोग गरी रुसमा समाहित हुने विषयमा धारणा व्यक्त गर्नेछन् ।’

लुहान्स्कडोनेत्स्कलाई स्वतन्त्र राष्ट्र घोषणा गरेलगत्तै रुसले युक्रेनमा सैन्य कारवाही थालेको थियो ।