काठमाडौँ  / चिनमा गत सोमबार भएको यात्रु बाहक विमान दुर्घटना घटना भएको थियो विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३२ पुगेको पुष्टि भएको छ ।  विमान दुर्घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्ताहरूका परिचालन गरिएको थियो  

स्थानीय समय अनुसार सोमबार दिउसो २.३८ मा  चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआन्छी झुआङ् क्षेत्रमा बेपत्ता भएको थियो । घटना भएको छैटौँ दिन शनिबार उद्धारकर्ताले घटनामा परेका सबै यात्रु मृत्यु भएको घोषणा गरेका हुन् । ‘बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ, कोही पनि जीवितै भेट्न सकिएको छैन, यो अत्यन्त दुःखद खबर हो,’ चिनियाँ नागरिक उड्डयन प्रशासनका उपप्रमुख हु झेन्जीयाङले भने ।

OM Sai Pathibhara Hospital

घटनामा परी मृत्यु भएका मध्ये १२३ जना यात्रु र नौ जना चालक दलका सदस्य रहेको उनले बताएका छन् । 

घटनामा मृत्यु भएका मध्ये १२० जनाको डीएनए परीक्षण गरी पहिचान भइसकेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । दक्षिणपश्चिमी चिनियाँ प्रान्त युनानको राजधानी कुन्मीङदेखि गुन्डोङ प्रान्तको राजधानी गोन्झाउ तर्फ जार्दै गरेको बेला विमान बेपत्ता भएको हो ।