एजेन्सी / बेलायतले एक रुसी खर्बपतिका दुईवटा निजी जेट विमानलाई कब्जामा लिएको छ । रुसले युक्रेनमाथि सैन्य हमला गरेपछि पश्चिमी राष्ट्रहरूले रुस र रुसलाई समर्थन गर्ने संस्था र व्यक्तिहरूको बैंक ब्यालेन्सदेखि सम्पत्तिमा प्रतिबन्ध लगाएको थियो ।

रुसले राजधानी किभमा सैन्य हमला तीब्र पारे पनि सहरभित्र छिर्न नसकेपछि एकमहिने लामो युद्धको पहिलो चरण अन्त्य भएको घोषणा गरेको एकदिनपछि रुसी खर्बपतिहरुको जेट विमान कब्जामा लिइएको हो । खर्बपति युगेन सिबिद्लरको प्रत्यक्ष रुपमा क्रेमलिनको सम्पर्कमा रहेको आरोप लगाउँदै विमानहरू कब्जामा लिएको बेलायती अर्थसचिव ग्रान्ट स्यापले बताएका हुन् । 

OM Sai Pathibhara Hospital

ती विमानहरू बेलायतले अनिश्चितकाल सम्मको लागि कब्जामा लिएको बताइएको अलजजिराले उल्लेख्य गरेको छ । ती विमानहरू बेलायतमा केही दिनदेखि ह्यांगरमा रहेका छन् ।