एजेन्सी //उत्तर प्रदेशका मुख्यमन्त्रीले १५ करोड जनताका लागि निःशुल्क राशन वितरण गर्ने घोषणा गरेका छ्न।

मुख्यमन्त्री योगी आदित्यनाथले  सपथ लिएपछि पहिलो मन्त्रिपरिषद बैठकबाट नै १५ करोड जनताका लागि निःशुल्क राशनको घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

अब आगामी तीन महिना उत्तर प्रदेशको कुल जनसंख्यामध्ये १५ करोड जनताले सित्तैमा राशन पाउने बताइएको छ। 

निःशुल्क राशनमा प्रति व्यक्ति हरेक महिना ५ केजी चामल वा गहुँ, प्रति परिवार एक केजी दाल , एक लिटर खाने तेल, एक केजी चिनी र नुन दिइने बताइएको छ  ।

निःशुल्क राशन विपन्न आर्थिक अवस्थाका जनताका लागि दिइने व्यवस्था गरिएको छ ।

यो योजना सन् २०२४ सम्म जानसक्ने बताइएको छ ।