काठमाडौँ / पछिल्लो केही दिन यता छिमेकी राष्ट्र भारतमा लगातार पेट्रोल र डिजेलको मूल्य  बढिरहेको छ ।

शुक्रबारबाट भारतका तेल मार्केटिङ कम्पनीहरूले  फेरि मूल्य बढाएका हुन् । पछिल्लो चार दिनमा पेट्रोल र डिजेलको मूल्य भारु २.४० ले बढेको छ । चार महिनाको लामो समयपछि मंगलबार पहिलो पटक पेट्रोल र डिजेलको मूल्य बढ्न सुरु गरेपछि लगातार तेलको मूल्य उकालो लागिरहेको छ  । 
मूल्य बढे सँगै दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर भारु ९७.८१ र डिजेलको भारु ८९.०७ पुगेको छ । यस्तै मुम्बईमा  नयाँ मूल्य भारु ११२.५१ प्रतिलिटर र चेन्नईमा १०३.६७ प्रतिलिटर पुगेको हो ।

OM Sai Pathibhara Hospital