काठमाण्डौ / काठमाण्डौको बूढानिलकण्ठमा एक व्यक्तिले आफ्नै श्रीमतिको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।

उदयपुर स्थायी ठेगाना भई काठमाण्डौको चुनिखेलमा डेरा गरी बस्ने झक्तबहादुर थापाले घरायसी विवादका क्रममा बिहीबार राती मासु काट्न प्रयोग गरी दाउ प्रयोग गरी श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको अभियोगमा महानगरीय प्रहरी प्रभाग बूढानिलकण्ठले मृतक २४ वर्षिया लक्ष्मी तामाङका श्रीमान भक्तबहादुर थापालाई पक्राउ गरी अनुशन्धान अघि वढाईएको जनाएको छ ।