दाङ / दाङको बबई गाउँपालिका–७मा सासुको हत्या गरेको अभियोगमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । हँसिया र चक्कु प्रहार गरी ६५ वर्षीया सासू गंगी कुँवरको हत्या गरेको आरोपमा बुहारी जमुना कुँवरलाई पक्राउ गरीएको प्रहरीले जनाएको हो । 

केही समय यता सासू–बुहारी बीचमा मनमुटाव चल्दै आएको थियो ।  आपसी मनमुटाव चलिरहैबेला मंगलवार बिहान करिब ९ बजेतिर बुहारी जमुनाले सासू गंगीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ परेकी बुहारीले सासू गंगीको हत्या आफैँले गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।  गंगीको शव मंगलवार शान्तिनगर गाउँपालिका–६ मा पर्ने कोरबाङको नर्सरीमा भेटिएको प्रहरीले जनाएको छ ।