बिर्तामोड ( आजको गोरखापत्र दैनिकबाट) रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन रोकिएको प्रक्रिया पुनः सुरु भए पनि सहज नभएपछि कोरियामै काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो । 

दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिने नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको जनाएको छ । 

OM Sai Pathibhara Hospital

निर्णयअनुसार ईपीएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई–९ प्रवेशाज्ञामा  श्रम  गरी प्रवेशाज्ञा  सकिन  लागेकाले एक वर्ष थप प्रवेशाज्ञा पाउनेछन् ।