मोरङको लेटाङ–५ खेरुवा स्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै विद्यालयका छात्रामाथि गरेको यौन र्दुव्वहारको विषय सार्वजनिक भएपछि तनावग्रस्त बनेको लेटाङमा लगाइएको कफ्र्यु स्थिति सामान्य बनेपछि आजबाट हटाईएको छ ।

स्थानीय र प्रहरीको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भए सँगै अशान्त बनेको लेटाङ क्षेत्रको जनजिवन सामान्य बनेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहानबाट कफ्र्यू हटाएको हो ।

पटक–पटक आफ्नै विद्यालयमा अध्ययन गर्ने विध्यार्थीमाथि यौन र्दुव्वहार गर्दै कानुनी रुपमा उन्मुक्ति पाउँदै आएका शिक्षक पौडेल  विरुद्ध  प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिने क्रममा भएको झडपमा उर्मिलाको हत्यासँगै २८ प्रहरी घाईते समेत बनेका थिए ।