काठमाडौँ \ धेरै धन कमाउन र परिवारको सपना सकार गर्न म्यानपावरलाई मोटो रकम तिरेर साउदी पुगेका १२६ नेपाली अलपत्र परेका छन् ।
 काठमाडौँ स्थित ग्यालेक्सी ओभरसिज प्रा. ली बाट आज भन्दा करिब ५० दिन अगि साउदी पुगेका नेपाली युवा अलपत्र परेका हुन् ।  म्यानपावरको सम्झौता अनुसार काम र तलब नपाए पछि उद्धारका लागी म्यानपावर सञ्चालकलाई पटक पटक भने पनि म्यानपावर सञ्चालकले  कुनै पनि प्रतिकृया नदिएको पीडित मध्येका एक बिनोद दाहालले बताए । साउदी स्थित इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनीमा गएका उनीहरू म्यानपावर सञ्चालकको भनाई मात्र सुन्न बाध्य छन् 
म्यानपावर सञ्चालक हिमहरी अर्याल  रमेश अमगाइन उद्धार गर्न भोलि आउँछ्ु पर्सि आउँछु भनेर ढाटेको पीडितहरू बताउँछन्‌ । १८ दिनदेखि अलपत्र नेपालीहरू क्याप्प नम्बर नम्बर १७ मा २२ र  क्याप्प नम्बर १८ जनामा ९२ जना सुख्खा रोटी र पानी खाएर बसेका छन् । पीडितहरूले रियाद स्थित  दुतावासलाई  आफूहरू समस्यामा परेको र उद्धारका लागी अपिल गरेपनि केही सुनवाई भएको छैन् ।
 समस्यामा परेका नेपालीका लागी खोलिएको दुतावास तर समस्यामा पर्दा पनि मुखदशर्क बनेको उनीहरूको आरोप छ ।