एजेन्सी / भारतीय कांग्रेसका अध्यक्ष सोनिया गान्धीले हालै सम्पन्न विधानसभा निर्वाचनमा हारेपछि पाँच राज्यका पार्टी प्रमुखहरूलाई पदमुक्त गरेकी छिन् । नेतृ गान्धीले पार्टी ‘पुनर्गठन’ तर्फको पहिलो कदम भन्दै पाँच राज्यका पार्टी प्रमुखहरूलाई पदमुक्त गरेका हुन् ।

८ महिनाअघि पन्जाब प्रान्तका कांग्रेस प्रमुख नवजोत सिंह सिन्धु लगायतका कांग्रेस नेतालाई राजीनामा दिन भनिएको छ । राज्य कांग्रेस इकाइहरूको पुनर्गठनलाई सहज बनाउनका लागि राजीनामा माग गरिएको कांग्रेस प्रवक्ता रणदीप सुरेजेवालले सामाजिक सञ्जाल मार्फत ट्विटरमा सार्वजनिक गरेका छन् ।

OM Sai Pathibhara Hospital

पीसीसीको पुनर्गठनलाई सहज बनाउन भन्दै गान्धीले उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरका प्रदेश कांग्रेस कमिटी (पीसीसी) अध्यक्षसँग पनि राजीनामा मागेकी हुन् । 

चुनाव परिणामबारे छलफल गर्न आइतबार कांग्रेस नेतृत्वको बैठक बसेको थियो । उक्त कांग्रेसको कार्य समितिमा वरिष्ठ नेताहरूलाई सम्बोधन गर्दै गान्धीले पुत्र राहुल र छोरी प्रियङ्कासँगै राजीनामा प्रस्ताव गरेकी थिइन् ।

‘पार्टीको हितमा अन्तिम बलिदान’ को रूपमा उनले राजीनामा प्रस्ताव पेस गरेकी थिइन् भने उनको प्रस्ताव सर्वसम्मतले अस्वीकार भएको थियो ।