एजेन्सी / रुसमा आइतबार मध्यरातबाट इन्स्टाग्राममा प्रतिबन्ध लगाइएको छ । 

इन्स्टाग्रामको मातृ कम्पनी मेटाले युक्रेनी प्रयोगकर्ताहरूलाई रुसीहरूका विरुद्ध हिंसात्मक पोस्ट गर्न अनुमति दिएपछि रुसको प्रविधि नियामक एजेन्सीले इन्स्टाग्राममा प्रतिबन्ध लगाएको हो । 

OM Sai Pathibhara Hospital

नियामकले मानिसहरूलाई आफ्ना तस्वीर र भिडियो इन्स्टाग्रामबाट हटाउन भनेको छ । उनीहरूलाई रुसको आफ्नै प्रतिस्पर्धात्मक इन्टरनेट प्लेटफर्ममा राख्न पनि प्रेरित गरिएको छ । 

रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछि मेटाले घृणास्पद अभिव्यक्ति सम्बन्धी नीतिलाई परिवर्तन गरेको छ । 

रुसले इन्स्टाग्राम ब्लक गर्दा ८ करोड प्रयोगकर्तालाई असर पर्ने इन्स्टाग्राम प्रमुखले बताएका छन् । रुसी सञ्चारमाध्यमलाई पहुँच नियन्त्रण गरेको भन्दै रुसले फेसबुकलाई समेत प्रतिबन्ध लगाएको छ ।