एजेन्सी / रुसले पोल्यान्डसँगको सीमा नजिकैको युक्रेन सैन्य क्याम्पमा आइतबार आक्रमण गरेको छ । पोल्यान्डको सीमाभन्दा २५ किलोमिटर दूरीमा रहेको उक्त युक्रेनको सैन्य क्याम्पमा रुसले हवाई आक्रमण गरेको हो ।

उक्त आक्रमणमा परी ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको जेलेन्स्कीले बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त हवाई आक्रमणको निन्दा गर्दै त्यसलाई ‘कालो दिन’ को रुपमा चित्रण गरेका छन् । 

OM Sai Pathibhara Hospital

उनले उक्त क्याम्पमा आक्रमण हुनु भनेको रूसले पश्चिमा मुलुकलाई स्पष्ट चुनौती दिएको पनि बताएका छन् ।