काठमाडौं / पाँच वर्षीय बालकको हत्या आरोपितलाई ढोलजान चिया बगानका मानिसहरूको भिडले जिउँदै जलाइदिएको छन । भारतीय राज्य आसामको रोहमोरिया प्रहरी चौकीको क्षेत्र अन्तर्गत पर्ने उक्त स्थानमा बच्चाको हत्या गरेको भन्दै शनिबार जलाएका हुन् ।
घटनाबारे थाहा पाएपछि चिया बगानका मानिसहरू त्यहाँ जम्मा भए र उनीहरूले आरोपितलाई पक्राउ गरे । पक्राउपछि तान्तीलाई जिउँदै जलाएका थिए । प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।






































