एजेन्सी / युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब १३ सय युक्रेनी सैनिक मारिएको बताएका छन् । रुस-युक्रेनबीच जारी युद्धको १७ औं दिनमा उनले आफ्नोतर्फ हालसम्म १३ सय सैनिक मारिएको बताएका हुन् ।

यस्तै उनले शुक्रबारसम्ममा करिब पाँच सयदेखि ६ सय रुसी सैनिकले आत्मसमर्पण गरेको पनि बताएका छन् । यद्यपि यस सूचनाको पनि पुष्टि भएको छैन ।

OM Sai Pathibhara Hospital

यहीबीचमा युक्रेनी सेनाले भने भोल्नोभाखा शहर छोडेका छन् । रुसी हमलाका कारण शहर पूर्णरूपमा ध्वस्त भएपछि उनीहरू त्यस स्थानबाट निस्किएका हुन् । यता मेलिटोपोल शहरमा भने रुसी सेनाले ठूलो विरोधको सामना गर्नुपरिरहेको छ । रुसी सेनाले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपरहण गरेको छ । राष्ट्रपति जेलेन्स्कीले यसलाई युद्ध अपराधको संज्ञा दिएका छन् ।