काठमाडौं  / अफ्रिकी मुलुक कङ्गोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ ।

घटनामा ५२ जना घाइते भएका छन् । कङ्गोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछि दुर्घटना भएको हो । १५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली रहेको जनाइएको छ ।

OM Sai Pathibhara Hospital

कङ्गोमा लामो दुरीको यात्राका लागि सडक पूर्वाधार नभएका कारण रेल यात्रा बाध्यकारी छ । जसका कारण वर्षेनी रेल दुर्घटना हुने गरेको छ । गत अक्टोबरमा मात्रै सोही प्रान्तमा भएको रेल दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।
घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।