एजेन्सी / भारतीको उडिसामा शनिबार एक सांसदले भीडमा गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते भएका छन् । उनले उडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुरमा एक स्थानीय चुनावमा मानिसमाथि गाडी चलाएका हुन् । 

प्रहरीले उनलाई गाडी रोक्न लगाउँदा पनि नरोकेर जबरजस्ती गाडी भीडमा चलाएपछि रोक्न खोज्ने प्रहरी पनि घाइते भएका हुन् । भिडमाथि उनले चलाएको गाडी रूखमा ठोक्किए पछि मात्र रोकिएको थियो । 

OM Sai Pathibhara Hospital

आक्रोशित भीडले उनलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् भने उनको अहिले भुवनेश्वर अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रत्यक्षदर्शीहरूले रक्सी खाएर जगदेवले आफैं गाडी चलाएको बताएका छन् । 

विपक्षी दलहरूले सत्तारूढ पार्टीका सांसदको यो हर्कतको कडा निन्दा गरेका छन् । ती सांसदले यस्तो हर्कत गरेको पहिलो पटक नभएको र यसअघि सार्वजनिक कार्यक्रममा भारतीय जनता पार्टीका स्थानीय नेतालाई थप्पड हानेपछि उनी निलम्बनमा समेत परेका थिए ।