ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागीमा परेर ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी उनको आगलागीमा परेर मृत्यु भएको हो ।

कोप्चेको गोस लाइनस्थित रविन आङवोहाङको घरमा बस्दै आएकी उनको अस्पताल ल्याइ पुर्‍याउनु अघि नै मृत्यु भएको थियो । आगो निभाउने क्रममा वडा नं–४ का वडा अध्यक्ष जितेन लिम्बू लगायतका केही व्यक्ति घाइते भएका छन् ।आगलागी रविनको पक्की घरबाट सुरु भएको स्थानीयले बताएका छन् । आगलागीबाट जस्तापाताको छानो भएको छिमेकी संगीता केदेमको घर पूर्णरुपमा जलेको छ । 

OM Sai Pathibhara Hospital

दमकल, स्थानीय, सेना, प्रहरी, सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । दमकलको पानीले आगो निभाउन थालेपनि खानेपानीको पाइपहरु दमकलमा लगाएर थप पानीको व्यवस्था गरिएको थियो ।