ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा आज बिहान आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी सुरू भएको हो ।

आगलागीबाट एउटा घर जलेको छ भने आसपासका घरहरु जोखिममा परेका छन् । आगो नियन्त्रण गर्न फुङलिङ नगरपालिकाको दमकल तथा स्थानीय र सुरक्षाकर्मी खटिएका छन् ।

OM Sai Pathibhara Hospital

आगो अन्यत्र सल्किए कोप्चे बजार पुरै जोखिममा पर्ने देखिन्छ । वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यो वर्ष सुख्खा याम लागेसँगै बजार क्षेत्रमा पहिलो पटक आगलागीको घटना भएको हो ।