काठमाडौं / मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा छ । 

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

OM Sai Pathibhara Hospital

बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा अपराह्न पछि एक/दुई स्थानमा मेघगर्जनचट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।