काठमाडौँ / चाँगुनारायण नगरपालिका–७ बागरेमा घाँटी काटिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

बागरेस्थित तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको जस्ताको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५र४० वर्षीया महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो ।

OM Sai Pathibhara Hospital

सोमबार राति करिब १० बजे मृतक महिलाको घाँटी अगाडी भागमा गहिरो चोट लागेको, शरिरको अन्य भागहरुमा समेत काटेको चोटहरु र अर्धनग्न अवस्थामा रहेको शव फेला परेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् । ती महिलाको सनाखत हुन सकेको छैन् ।

शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको र घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।