काठमाडौं  //अभिनेता पल शाह प्रकरणमा प्रेस काउन्सिल नेपालले १६ युट्युव च्यानलसहित १० ओटा वेबपोर्टललाई  कारबाही गरेको छ।

वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने तथा नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्वीर र भिडिओ सामग्री सम्प्रेषण गरेकाले कारबाही गरिएको हो।

OM Sai Pathibhara Hospital

काउन्सिलले सूचना तथा प्रसारण विभागमा दर्ता र काउन्सिलमा सूचीकरण नभएका १० वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि यसअघि नै नेपाल दूरसञ्चार प्राधिकरणमा सिफारिस गरिसकेको छ ।

उनीहरूमाथि नेपालमा नचल्ने गरी प्रतिबन्ध लगाउन दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई पात्राचार गर्नेछ ।

न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रकृयामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्षविपक्षमा सामग्री सम्प्रेषण गरेकाले  साइबर अपराध मुद्दा चलाउन भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा सिफारिस गरिएको  बताइएको छ।

कारबाहीमा  चन्द्रागिरी टाइम्स डटकम, पोखरा एनपी डटकम,समाज पत्र डटकम, सत्य सूचना डटकम,शिखर हट न्युज डटकम,द टप २४ न्युज डटकम,तुफान मिडिया न्युज डटकम,ब्राइट दैनिक डटकम,पूर्वी कमान्ड डटकम,नेप २४ खबर डटकम  वेबपोर्टल परेका छन्। 

त्यसैगरी अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिगबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्रहरीले विवादित पृष्ठ भूमिका हरि परियार उर्फ हरि उदाशीलाइ  पक्राउ गरेको छ।

विभिन्न युट्युब च्यानलमा पीडित भनिएकी नाबालिग गायिकाबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।

उनी यसअघिदेखि नै विवादित पात्र हुन्। विभिन्न युट्युब च्यानलमा आफूलाई अभियन्ता भन्दै मनपरी अभिव्यक्ति दिएर उनी विवादमा आउने गरेका थिए। 

उनले यौन हिंसा आरोपमा हाल तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा युट्युब च्यानलमा आपत्तिजनक अभिव्यक्ति दिँदै पीडित भनिएको गायिकामाथि जथाभावी आरोप लगाएका थिए।