काठमाडौं / आफ्नै नवजात शिशुको हत्या आरोपमा चितवनमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । कालिका नगरपालिका(१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत फागुन १९ गते दिउँसो ४ बजे हत्या गरेर फालिएको अवस्थामा सो ठाउँमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । 

OM Sai Pathibhara Hospital

मञ्जुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।