काठमाडौं / शुक्रबार राति मोटरसाइकल दुर्घटनाका कारण सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका -१ का वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएपछि आज क्षतिपूर्ति माग गर्दै विरोध प्रदर्शन भइरहेको छ । 

कार्कीको मृत्यु पश्चात आज शनिबार मृतका परिवार र स्थानीय बासिन्दाले उपचारमा लागेको खर्च व्यहोर्नुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने तथा उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

OM Sai Pathibhara Hospital

यहि फागुन ८ गते सुर्खेतको छिञ्चु बजार नजिक फोर्स गाडीले कार्की सवार मोटरसाईकललाई ठक्कर दिएकोथियो। सो दुर्घटनामा ३० वर्षीय कार्की गम्भीर घाईते भएकाथिए । शुक्रबार राति काठमाडौं स्थित न्यूरो अस्पतालमा अध्यक्ष कार्कीको मृत्यु भएको हो । 

भेरीगंगा नगरपालिका मेयर चन्दका अनुसार प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । मुख्य नाका बन्द हुँदा कर्णाली प्रदेश आउने र बाहिर जाने सम्पूर्ण यातायातका साधनहरू समेत ठप्प भएका छन् ।