काठमाडौँ / रूसको आक्रमणमा परेको युक्रेनमा नेपालीहरू सुरक्षित रहेको र सम्पर्क भइरहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । युक्रेनसमेत हेर्दै आएको बर्लिनस्थित नेपाली दूतावासका अनुसार हालसम्म १ सय ९३ जना नेपाली सम्पर्कमा आएका छन् ।

युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको अनुमान छ । रूसले पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ । युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

OM Sai Pathibhara Hospital

युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि ती देशतर्फ जान सकिने दूतावासले बताएको छ । सीमा नाकामा प्रवेश गर्नको लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपीको फोटो दूतावासको ठेगानामा पठाउन आग्रह गरेको छ ।

युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।