बिर्तामोड (नागरिक दैनिकबाट) सात महिनाअघि मात्र विभाजित जनता समाजवादी पार्टी ९जसपा० फेरि फुटको संघारमा पुगेको छ। यद्यपि पार्टीभित्रको विवाद टुंग्याउन र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० बारे संस्थागत धारणा बनाउन शुक्रबारदेखि जसपा कार्यकारिणी समितिको बैठक सुरु भएको छ।

पहिलो दिनको बैठकमा विषयमात्र प्रवेश भएको र एमसिसीलगायत विभिन्न विषयमा शनिबार औपचारिक छलफल सुरु हुने कार्यकारिणी समितिका सदस्य मनीष सुमनले बताए।

OM Sai Pathibhara Hospital

एमसिसीबारे जसपाका नेताहरू दुर्ई कित्तामा बाँडिएका छन्। सुमनका अनुसार शुक्रबारको बैठकमा १२ वटा अजेन्डा राखिएका छन्। ती अजेन्डामा स्थानीय निर्वाचन, समसामयिक राजनीति, संगठन विस्तार, एमसिसी, विधान अधिवेशन, पद बाँडफाँट र कार्यविभाजन, कार्यकारिणी समितिलाई पूर्णता दिनेलगायत छन्। एमसिसी सम्झौता प्रतिनिधिसभामा टेबुल भएसँगै त्यसमा पार्टी धारणा बनाउन सदस्यहरूलाई सम्झौतापत्र बाँडिएको छ।

दुई कित्तामा बाँडिएका नेताहरूबीच शुक्रबारको बैठकको प्रारम्भमै चर्काचर्की भएको थियो। यद्यपि नेताहरूको त्यस्तो चर्काचर्की अजेन्डामा नभई बैठक व्यवस्थापनको विषयलाई लिएर भएको बताइएको छ। पार्टीभित्र आफ्नो बहुमत देखाउन संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई पक्षले कार्यकारिणी तथा केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

बैठकमा यादव पक्षले भने यही विषयलाई जोडतोडले उठाउने भएको छ। भट्टराई पक्षले सुरु गरेको हस्ताक्षर अभियानप्रति यादव पक्षीय नेताहरू सशंकित बनेका छन्। पार्टी फुटाउन या पार्टी कब्जा गर्न हस्ताक्षर संकलन गरिएको भन्ने बुझाइ यादव पक्षधर नेताहरूको छ।