बिर्तामोड  / २१ औँ मजदुर बलिदान दिवस तथा सम्मान कार्यक्रम आज झापाको बिर्तामोडमा सम्पन्न भएको छ । 

अखिल ट्रेड युनियन महासंघ झापाकी अध्यक्ष सिता सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अखिल ट्रेड युनियन महासंघ प्रदेश १ का इन्चार्ज भुपाल सापकोटा प्रमुख आतिथ्यता रहेको थियो । 

OM Sai Pathibhara Hospital

कार्यक्रममा माओवादी केन्द्र प्रदेश सदस्य कुबेर श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।  वि स २०५८ साल फागुन मजदुरीको लागि कालिकोटको कोटवाडामा गएका साबिकको जोगिमारा गाविसका १८ जना मजदुरहरूलाई तत्कालीन शाही नेपाली सेनाद्वारा सुतेकै ठाँउमा हत्या गरिएको थियो । 

कार्यक्रममा २ (मिसी धिमाल र टेक नारायण राजवंशी) सहिद परिवारका सहित सदस्यलाई सम्मान पत्र, खदा सहित कार्यक्रमका प्रमुख , विशेष अतिथिहरूले सम्मान गरेका  हुन । 

अखिल नेपाल ढुवानी मजदुर सघ नेपालका कार्य बाहक अध्यक्ष जानकी प्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य जगनाथ पौडेलले गरेका थिए । 

कार्यक्रममा मन्तव्य राख्दै ट्रेड युनियन महासंघ प्रदेश १ का इन्चार्ज सापकोटाले सहिदले देखाएको बाटोमा अनवरत लाग्ने प्रतिबद्धता जनाउदै सधैँ सहिदको उच्च सम्मान गर्न सबैलाई आग्रह गरेका छन ।

majdur