काठमाडौं / पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

बाक्लो असिना पानीका कारण केही जनावर र तरकारी तथा फलफूलसहित बालीनाली नष्ट हुँदा ११ करोड रुपैयाँको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको हो ।

OM Sai Pathibhara Hospital

पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको जानकारी दिए। कडारियाले राज्यले कृषकलाई दिएको बीमा सुविधासमेत कृषकले सदुपयोग गरेमा यस प्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताएका छन् ।