एजेन्सी / एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्य सहित तीन जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।

स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएका छ । यस दुर्घटनाको अनुसन्धान भइरहेको सञ्चार माध्यमले जनाएको छ ।