काठमाडौँ / गुजरातमा  सन् २००८ मा अहमदाबादमा भएको श्रृङ्खलाबद्ध विस्फोट मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले ऐतिहासिक फैसला सुनाएको छ । 

दोषीमध्ये ३८ जनालाई फाँसीको सजाए सुनाएको छ । यस्तै ११ जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

OM Sai Pathibhara Hospital

सो श्रृङ्खलाबद्ध विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी मानिस घाइते भएका थिए । सो घटना २६ जुलाई २००८ मा भएको थियो । गुजरातको अहमदाबाद सहरमा ७० मिनेटभित्रै एकपछि अर्को २१ वटा बम विस्फोट भएका थिए ।

सन् २०१६ मा झण्डै आठ वर्षपछि विस्फोटका अर्का आरोपी नासिर रंगरेज पनि पक्राउ परेका थिए । विस्फोट लगत्तै गुजरातको सुरेन्द्रनगर जिल्लाबाट हुसेन इब्राहिम, हेल मोहम्मद र अब्दुल कादिर सहित तीनजनालाई पक्राउ गरिएको थियो ।