गोरखा//हिउँ  खेल्न गएका बारपाक सुलिकोट गाउँपालिकाका २ किशोर मृत अवस्थामा फेला परेका छन्।

हिउँ खेल्ने क्रममा वेपत्ता भएका किशोरको आइतबार मृत अवस्थामा शव फेला परेको हो।

OM Sai Pathibhara Hospital

हिउँ खेल्न भन्दै माघ २० गते बारपाक सुलिकोट गाउँपालिका-१ का साइला भन्ने सञ्जय घले र बारपाक सुलिकोट-२ का करण घले लाप्राक गएका थिए ।

सोही दिनदेखि उनीहरू सम्पर्कविहीन रहेका उनीहरुको बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रास्थित डाँडाको खोचमा  उनीहरूको शव फेला परेको प्रहरीले जानकारी गरेको छ।

२० गतेदेखि हराइरहेका उनीहरुको माघ २३ गते आफन्तले खोजी कार्यका लागी भन्दै प्रहरीमा निवदेन दिएपछि स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।

हिउँ खेल्ने क्रममा उनीहरु चिप्लिएर खोचमा पुगेको र माथि आउन नसकेर त्यही मृत्यु भएको हुन् सक्ने  प्रारम्भिक अनुसन्धानका क्रममा डिएसपी प्रकाश दाहालले बताएका छन्।