काठमाडौं  / प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वतः निलम्बनमा परेका छन् । नेपालको संविधानको धारा १०१ (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् । 

यससम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउनेछ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम संसदमा महाअभियोग दर्ता गरेको जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोग दर्ता

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले पनि बिहान सांसदहरू आएर महाभियोग दर्ता गरेको जानकारी दिएका छन्।