काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ।   आइतबार बिहान दर्ता भएको महाअभियोगमा सत्तारूढ तीन दलका ९८ जना सांसदहरूले हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदहरूले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेको एक सांसदले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, देव गुरूङलगायत छन् । संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा पर्नेछन् ।

प्रधानन्यायाधीशमाथि मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप छ ।  केही समयअघि सर्वोच्चका न्यायाधीशहरूले नै राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए । नेपाल बार एसोसिएसनले उनको बहिर्गमन माग गर्दै अहिलेसम्म आन्दोलन गरिरहेको छ ।