सर्लाही//सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन। 

शनिबार करेन्ट लागेर बागमती नगरपालिका ८ बस्ने २५ वर्षका रामु महतोको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ।

OM Sai Pathibhara Hospital

सोहि नगरपालिकाको वडा नम्बर २ बस्ने कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा उनलाई करेन्ट लागेको थियो। 

करेन्ट लागेर सिकिस्त भएका उनलाई  स्थानीय अस्पतालमा लगिएका  उनको उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी गराएका छन्। 

करेन्ट लागेका रामुलाई बचाउने क्रममा २१ वर्षका दीपककुमार महतोलाई पनि करेन्ट  लागेर घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ।