काठमाडौँ / आज (शनिबार) देखि कम्तीमा ३ दिनसम्म कतै वर्षा, हिमपातको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार सोमबार रातिसम्म लगभग देशभर मौसम सफा रहनेछ । महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ । यतिबेला (शनिबार बिहान) पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) छ भने तराईका थोरै स्थानमा हुस्सु रकुहिरो लागिरहेको बुलेटिनमा उल्लेख छ ।

OM Sai Pathibhara Hospital

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ । तर मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिलेसम्मको अनुमानमा एक हप्तायता पानी पार्ने तथा हिमपात गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना नदेखिएको जनाएको छ ।