एजेन्सी  / उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

रिपोर्टका अनुसार पिकाफ्लोर कम्पनीको अन्तरप्रदेशीय बस तायबाम्बाबाट ला लिबर्टाडको राजधानी ट्रुजिलो जाँदै गर्दा सडकबाट चिप्लिएको थियो ।

OM Sai Pathibhara Hospital

नजिकैका शहरहरूमा बस्ने मानिसहरू घाइते यात्रुहरूलाई मद्दत गर्न घटनास्थलमा पुगेका थिए, जसलाई तायबाम्बा, ह्वान्कासपाटाट्रुजिलोका स्वास्थ्य केन्द्रहरूमा लगिएको थियो ।