काठमाडौं / भार भारतका २८ वटा राज्य मध्ये सबैभन्दा बढी जनसंख्या भएको उत्तरप्रदेशमा आज विधानसभाको निर्वाचन सुरु भएको छ । सात चरणमा गरिने निर्वाचनका क्रममा आज ५८ सिटका लागि मतदान सुरु भएको हो ।

११ जिल्लाका निर्वाचन क्षेत्रमा भएको मतदानमा सवा दुई करोड भन्दा बढी मतदाता सहभागी हुँदैछन् । मतदानका लागि करीब २६ हजार मतदान बुथ तोकिएका छन् भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मार्च ७ तारिखमा सम्पन्न हुने उत्तर प्रदेश विधान सभा निर्वाचनको परिणाम मार्च १० तारिखमा सार्वजनिक हुने बताइएको छ ।

OM Sai Pathibhara Hospital

यस पटक पनि भारतीय जनता पार्टीले नै बहुमत ल्याउने मत सर्वेक्षणहरुले देखाएका छन् । यद्यपी अखिलेश यादवको समाजवादी पार्टीले पहिले भन्दा सिट संख्या बढाउने पनि सर्वेक्षणहरुको प्रक्षेपण छ । भाजपाले बर्तमान मूख्यमन्त्री योगी आदित्यनाथलाई नै मूख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । सबैभन्दा ठूलो जनसंख्या र मुस्लिम मतदाताको पनि उल्लेख्य प्रभाव हुने भएकाले भारतीय राजनीतिमा उत्तर प्रदेशको निर्वाचनले ठूलो महत्व राख्ने गर्दछ ।