एजेन्सी / भारतमा गत २४ घण्टामा थप ६७ हजार ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ११ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । 

त्यस्तै गत २४ घण्टामा थप १ लाख ८० हजार ४ सय ५६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा कोरोना संक्रमण दर दैनिक घट्दो क्रममा रहेको छ । तर कोरोना कारण मृत्यु हुनेको संख्या भने दैनिक रुपमा बढी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।